असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबलको उपाधि एपिएफलाई

त्रिभुवन आर्मी क्लबले एपिएफ सँगको इलामको हारको बदला लिने अवसर चितवनमा पाए पनि आर्मीले बदला लिन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम । इलाम महिला गोल कपपछि चितवनको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ । भरतपुरको कृष्णपुर मैदानमा शनिवार भएको फाइनल खेलमा आर्मीलार्ई टाई ब्रेकरमा हराउँदै आर्मीले उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबले एपिएफ सँगको इलामको हारको बदला लिने अवसर चितवनमा पाए पनि आर्मीले बदला लिन सकेन ।

खेलको १३ मिनेटमा आर्मीकी विमला चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन। सधैँ बेन्चमा बस्ने विमला यस पटक भने सुरु मानै मैदान प्रवेश गरेकी थिइन । उनैको गोलमा अग्रता बनाएको आर्मीले अन्तिम चार मिनेट थाम्न नसक्दा एपिएफकी रश्मि कुमारी घिसिङले गोल गर्दे खेललाई बराबरी बनाइन ।

खेल समय भरी १­१ गोलले बराबरी बनेपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो । जसमा एपिएफका गीता राना मगर, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गर्दा आर्मीकी तुलसा बोहरा र गोल किपर अञ्जना रानाले गोल गरे भने इन्दिरा राईको प्रहार एपिएफकी सावित्रीले रोकिन । त्यस्तै मनीषा कुसहरको प्रहार पोस्ट बाहिर पर्दा आर्मीले एपिएफलाई इलामको बदला लिने अवसर गुमेको हो ।

खेलमा निकै वटा अवसर बनाएको एपिएफले सदुपयोग गर्न नसक्दा खेललाई बराबरी बनाउन अन्तिम समय कुर्नु परेको थियो । एपिएफले खेलको ११ मिनेटमा अनिता बस्नेतको पासमा टिमलाई अग्रता दिलाउने अवसरमा विमला थापा चुक्न पुगिन भने १७ मिनेटमा विमलाकै निकै राम्रो अवसर प्रहार हुन नपाउँदै कर्नरमा परिणत बन्यो । २६ मिनेटमा डिबक्स छेउबाट अनिता बस्नेतको फ्री किक प्रहार अञ्जना मगरको हातमा प¥यो ।

३१ मिनेटमा एपिएफले पाएको निकै राम्रो अवसरलाई अन्जनाले गोलमा परिणत हुन रोकिन । ३९ मिनेटमा किपर एरियाबाट सविताको प्रहार किपर विट भए पनि गोल पोस्टको रेखाबाट आर्मीकी विमला चौधरीले जोगाएकी थिइन । ४८ मिनेटमा अनिताको फ्री किक प्रहार फ्रेममा नपर्दा ६१ मिनेटमै खेललाई बराबरी बनाउने अवसरबाट अनिता चुकिन । ७४ मिनेटमा रश्मिले खेललाई बराबरी बनाए सँगै उत्साहित बनेको एपिएफले खेलको इन्जोरी समयमा गोल गर्ने अवसरबाट सविता चुक्दा खेलको नतिजा टाई ब्रेकरमा पुगेको थियो ।

खेलको १३ मिनेटमा विमला चौधरीको गोल सँगै अग्रता बनाएको आर्मीले १९ मिनेटमा दोस्रो गोल गर्ने अवसरबाटै विमला चुक्न पुगिन । ३७ मिनेटमा विमला चौधरीको पासमा मनमाया दमाईले गोल गर्ने अवसर सदुपयोग गर्न सकिनन् । ५४ मिनेटमा चन्द्रा भण्डारीको थ्रु पासलाई अनिता लमजेलले किपर अघि बढेको बेला विट गरेर खाली पोस्टमा प्रहार गरे पनि गोल गर्न चुक्दा टिमलाई अग्रता बनाउने निकै राम्रो अवसर गुम्यो । ६४ मिनेटमा चन्द्र भण्डारीले पाएको अवसरलाई गोल गर्न नसके पछि इलाम गोल्ड कपको हारको बदला लिने आर्मीको दाउ सफल बन्न सकेन ।

प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया