बैसाख ८, २०८३ मंगलबार April 21, 2026

आईपिएल : मुम्बईलाई हराउँदै चेन्नाईको विजयी सुरुवात

मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। चेन्नाईले मुम्बईलाई ४ विकेटले पराजित गर्‍यो।

मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईका लागि रचिन रविन्द्र र कप्तान ऋतुराज गायक्वाडले अर्धसतकीय पारी खेले। रविन्द्रले ४५ बलमा २ चौका र ४ छक्काको मद्दतमा ६५ रन बनाए। यस्तै गायक्वाडले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। रविन्द्र जडेजाले १७ रन बनाए।

मुम्बईका विग्नेश पुथुरले सर्वाधिक ३ विकेट लिए।

यसअघि चेन्नाईमा टस हारेर ब्यटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। यस्तै कप्तान सुर्यकुमार यादवले २९ तथा दिपक चहरले २८ रन बनाए।

चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए तथा अलिल अहमदले ३ विकेट लिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया