बैसाख ९, २०८२ मंगलबार April 22, 2025

सालकको खपेटा सहित एक जना पक्राउ

दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङ प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ चैत । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन ।

सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया