जेठ ८, २०८३ शुक्रबार May 22, 2026

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ११ चैत : रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

केन्द्रका प्रमुख आयुर्वेद डा विजय श्रेष्ठका अनुसार, केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।

केन्द्रबाट चालु आव २०८१/८२ को आठ महिनामा पूर्वकर्म-पञ्चकर्म (थेरापी) सेवा चार हजार नौ सय २८, योग सेवा नौ सय ३०, होमियोप्याथी सेवा एक सय पाँच, प्रयोगशाला सेवा पाँच सय ४५ जनाले लिएको केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईले जानकारी दिनुभयो । यसैगरी केन्द्रबाट बहिरङ्ग सेवा दुई हजार एक सय ७५ जना तथा यसका साथै केन्द्रबाट शल्य चिकित्सा सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक सेवासमेत दिने गरिएको उहाँले बताउनुभयो ।

केन्द्रबाट ज्येष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण र अमला चुर्ण वितरण गर्ने गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट आम नागरिकले थेरापीको रूपमा बुझ्ने गरेको पूर्वकर्म÷पञ्चकर्म प्रदेशकै आयुर्वेद केन्द्रभन्दा फरक रुपले उपचार गर्ने गरिएको डा श्रेष्ठले बताउनुभयो । जसअन्तर्गत मालिस गर्ने, बाफ लगाएर सेक्ने, तेल लगाएर मलद्वाराबाट तेलको प्रवाह, आवश्यकतानुसार वान्ता गराउने, पखाला गराउनेलगायत क्रियाकलाप गर्ने गरिएको छ ।

आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको भद्रपुर नगरपालिका–८ का किरन पोखरेलले बताउनुभयो । “मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु, खाना पनि रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि सुधार भइरहेको छ”, उहाँले भन्नुभयो ।

ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्म-पञ्चकर्म गराइरहनुभएका हल्दीबारीका विकास राजवंशी उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताउनुहुन्छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
२०८३ जेठ ८, शुक्रबार
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
२०८३ जेठ ८, शुक्रबार
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
२०८३ जेठ ८, शुक्रबार
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ ८, शुक्रबार
सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको प्रचण्डको दाबी
२०८३ जेठ ८, शुक्रबार