असार २३, २०८२ सोमबार July 7, 2025

काठमाडौ रेजर्सको जर्सी सार्वजनिक

यो पटक काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्दै लिगको सुरूवात गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ ।

क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो ।

जहाँ काठमाडौंका बेल्जियन प्रशिक्षक प्याट्रिक डे वइल्डले काठमाडौं फुटबल टिम मात्र नभएर परिवार भएको बताए । उपाधि जित्ने कै लागि खेल्ने तर सफलता सहज नहुने भन्दै नेपाली खेलाडीहरूको विकासमा सहयोग पर्याउने आफ्नो उद्देश्य रहेको बताए । साथै अब क्लबले टिम र खेलाडीलाई दबाब दिनपर्ने र आफ्नो टिम दबाब लिन तयार रहेको पनि स्पष्ट पारे ।

काठमाडौं रेजर्सका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपानेले जर्सी सार्वजनिक गर्नुभन्दा पहिले नै १५ सय बुकिङ भइसकेको बताए । उनले क्लबलाई यो सिजन टिक्न समेत समस्या नरहेको पनि जिकिर गरे ।

सोही कार्यक्रममा काठमाडौंले प्रमुख प्रायोजक मोरङ अटो वर्क्सको यामाहा रहेको सार्वजनिक गर्यो । यसैगरी प्रायोजकमा अर्घाखाँची सिमेन्ट र एचपी लुब्रिकेन्ट तथा सह प्रायोजकमा महिन्द्रा रहेको छ ।

काठमाडौ पहिलो संस्करणको विजेता हो । यो पटक काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्दै लिगको सुरूवात गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया