असार २३, २०८२ सोमबार July 7, 2025

आईपीएलमा पंजाबले गुजरातलाई ११ रनले हरायो

पंजाबका अर्शदीप सिंहले २ तथा मार्को जानसन र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)को मंगलबार भएको खेलमा पंजाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा पंजाबले गुजरातलाई ११ रनले पराजित गर्‍यो।

पंजाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय ३२ रन बनायो। गुजरातका लागि साई सुदर्शन र जोश बटलरले अर्धसतकीय पारी खेले।

सुदर्शनले ४१ बलमा ५ चौका ६ छक्का प्रहार गरि ७४ रन बनाए भने बटलरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरि ५४ रन बनाए। यस्तै शेरफेन रदरफोर्डले रन ४६ बनाउँदा कप्तान शुभमन गिलले १४ बलमा ३३ रन बनाए।

पंजाबका अर्शदीप सिंहले २ तथा मार्को जानसन र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पंजाबले कप्तान श्रेयस ऐअरको शानदार ब्याटिङमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो।

पंजाबका कप्तान ऐअरले ४२ बलमा ५ चौका र ९ छक्का पहार गरि ९७ रनमा अविजित रहे। यस्तै शशांक सिंहले १६ बलमा ६ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाएर अविजित रहे। ओपनर प्रियांश आर्याले २३ बलमा ४७ रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे।

गुजरातका साई किशोरले ३ तथा कागिसो रबाडा र रशिद खानले एक एक विकेट लिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया