जेठ ३०, २०८३ शनिबार June 13, 2026

राष्ट्रियसभा बैठक बस्दै, चार मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

दुई मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १३ चैत । राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।

आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन’ सभासमक्षा पेश गर्नेछन भने विकास, आर्थिक मामिला तथा सुशाषन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्था आवाश्यक्ता सबन्धी प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया