जेठ ३०, २०८३ शनिबार June 13, 2026

अझै सुचारू भएन प्रतिनिधिसभा बैठक

सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक अझै सञ्चालन हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेको छैन ।आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसकेको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोवाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकेको हो ।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक अझै सञ्चालन हुन नसकेको हो ।

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने हिजै बताइसकेका छन् ।

तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने राखिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया