असार ५, २०८३ शुक्रबार June 19, 2026

पार्टी फुट्यो भने मुलुक कुनैपनि अतिवादीको हातमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ : विशाल भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब पार्टीलाई फुटबाट बचाउन सक्नुहुन्छ, तपाईहरू ? के यो सम्भव छ ?

त्यो असम्भव कुरा त हुँदै होइन । नेपाली जनताले निर्माण गरेको पार्टी हो यो । नेपाली जनताले मतदान गरेर यो ठाउँमा पुगेको पार्टी हो यो । केही नेताहरूबीचको अनावश्यक टक्करले गर्दाखेरि निराश बनाउने काम भएको थियो । तर हामीले पार्टीलाई जोगाउने प्रयत्न गरेका छौँ ।

कसरी जोगिन्छ ? आधार दिनुस् न ।

यसै पनि यो पार्टी जोगाउनका लागि वामदेवलगायतका नेताहरूले कसरत गरिरहनुभएकै थियो । कतिपय नेताहरू हामीले निर्माण गरेको पार्टी तिमीहरूले विभाजन गर्न पाउँदैनौँ भनेर ठुलो आग्रहका साथ लागिरहनुभएको थियो । यसमा हामी जनताबाट निर्वाचित सांसदहरू कुनै पनि हालतमा चुप लागेर बस्न मिल्दैन । एक ढिक्का भएर हामीले पार्टी विभाजित हुनुहुँदैन भन्ने आवाज उठाईसकेपछि विभाजित हुने त कुरा नै आउँदैन ।

नेताहरू गुटको बैठकमा व्यस्त छन्, मस्त छन् । तपाई भन्नुहुन्छ, पार्टी फुट्दैन । प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रचण्डबीच संवाद भएको छ कि छैन ? ६ दिन भईसक्यो आज सम्वाद टुटेको ?

अहिले यसबीचमा उहाँहरूको संवाद भएको छैन । कोरोनाको कारणले पनि समस्या उत्पन्न भएको छ । सँगसँगै बाढी पहिरोको समस्यामा पनि सरकार त्यता केन्द्रित छ । वार्ता र संवाद नहुने बित्तिकै फुटतिर गएको होइन । अन्तिम चरणसम्म पनि वार्ता र संवाद त हुन्छ नै । त्यो मात्र इन्डिकेटर हुँदैन । एकले अर्कालाई गाली गलौज गर्ने, नेताहरूलाई उक्साउने काम भईरहेको हुनाले जिम्मेवारी कार्यकर्ताको बीचमा परेको हुन्छ । हामी ६०÷६१ सांसदहरू विभाजनको पक्षमा छैनौँ भनेर हामीले सार्वजनिक अभिव्यक्ति दिईसकेपछि विभाजनलाई हामी जसरी पनि रोक्न सक्छौँ भन्ने हामीले आत्मविश्वास लिनुपर्छ ।

सांसदहरूले हस्ताक्षर सुरु गरेका छन् । सांसदहरू पनि विभिन्न गुटमा विभाजित छन् । तपाई कुन गुटबाट चिनिनुहुन्छ ?

हामी नेकपाको सांसद हो ।

होइन तपाई त के.पी. शर्मा ओलीसँग निकट भएको व्यक्ति हो नि त ?

महाधिवेशनको बेला हामी कुनै नेताविशेष थियौँ । तर अब हामी नेपाल कम्युनिष्ट पार्टीलाई अक्षुण्ण राख्नुपर्छ । सबैभन्दा ठुलो कुरा भनेको हामीले धेरै संघर्षपछि लडेर ल्याएको यो प्रणाली जुन छ, नेपालको इतिहासमा अत्यन्तै उल्लेख्य नेपालको संविधानले व्यवस्था गरेका उपलब्धिहरू असाध्यै महत्वपूर्ण र ऐतिहासिक छन् । हामीले गणतन्त्र प्राप्त गरेका छौँ । महत्वपूर्ण उपलब्धिहरूलाई हामीले कमजोर बनायौँ भने धरासयी हुन्छ । पार्टी मजबुत नभई लोकतन्त्र मजबुत हुँदैन । वास्तवमा हामी पार्टीको विभाजनको पक्षमा जानुहुँदैन । कांग्रेस फुटेपछि सत्ता पूर्वराजा ज्ञानेन्द्रको हातमा गयो । पार्टी फुट्यो भने मुलुक कुनै पनि अतिवादीको हातमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ ।

तपाईहरू अहिले जुन झगडा गरिरहनुभएको छ, पद, शक्ति र व्यक्तिगत स्वार्थको लागि तर जनता छटपटिरहेका छन् । जनता पीडा, समस्यामा छन् । अलपत्रमा परिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सरकार सफल भएन ? आज कोरोनाको बारेमा तपाईहरू छलफल गर्नुहुन्छ ?

हामी तलका मान्छेले झगडा गरेका छैनौँ । झगडा माथिका मान्छेले गरेका छन् । अहिलेको सरकारलाई सल्लाह सुझाव दिने, कोरोना नियन्त्रणमा सक्रियताका साथ अघि लाग्ने, विदेशीहरूले आक्रमण गरेका छन्, हामीले त्यसको प्रतिवाद गर्ने, भारतीय मिडियाहरूबाट नेपालको प्रधानमन्त्री र नेपालमाथि सिधै अपमानजनक शब्दहरू प्रयोग गर्ने, गाली गलौज गर्ने कामको विरुद्ध हामीले प्रतिवाद गर्न छोडेर हामी झगडा गर्न लाग्यौँ भने त्यसले हाम्रो पार्टीलाई कमजोर बनाउँछ । त्यसकारणले अहिले हामी त्यो दिशातिर जान हुँदैन भन्ने पनि हाम्रो मूल मनशाय हो । कोरोना हाम्रो मुलुकमा भयावह समस्याको रूपमा आउँदैछ । यसको लागि ठुलो तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यो तयारीमा लाग्न पनि म नेताहरूलाई आग्रह गर्छु । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार
राष्ट्र बैंकले आज (शुक्रबार) कति तोक्यो विदेशी मुद्राको विनिमयदर
२०८३ असार ५, शुक्रबार