असार २४, २०८२ मंगलबार July 8, 2025

जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

चैत ७ देखि १९ गतेसम्म जिल्लाका स्थानीय तहमा पुगेर परिवार नियोजन शिविर सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, २४ चैतः पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ ।

सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् । ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् । जिल्लाको सिञ्जा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौकीमा गरिएको शिविरमा २६ पुरुष, तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकीमा १७ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सौमैले जानकारी दिनुभयो ।

यस्तै, पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा भएको शिविरमा १५ पुरुष र १५ महिला, जनाले सेवा लिएका छन् । कनकासुन्दरी गाउँपालिकाको हाटसिँजा स्वास्थ्य चौकीमा भएको शिविरमा १३ पुरुष, एक महिला, गुठीचौरको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा १० पुरुष र चार महिलाले सेवा लिएको सूचना अधिकारी सौमैले बताउनुभयो । यस्तै, तातोपानी गाउँपालिकाको ताम्तीलामा बजारमा भएको शिविरमा आठ पुरुष, २६ महिला, हिमाको बड्की स्वास्थ्य चौकीमा भएको शिविरमा चार पुरुषले स्थायी बन्ध्याकरण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यही चैत ७ देखि १९ गतेसम्म जिल्लाका स्थानीय तहमा पुगेर परिवार नियोजन शिविर सञ्चालन गरिएका थिए । दक्ष चिकित्सकहरूद्वारा पुरुषका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि अस्थायी इम्प्लान्ट सेवा प्रदान गरिएको थियो । चन्दननाथ नगरपालिकामा नियमित रूपमा बन्ध्याकरण सेवा सञ्चालन भइरहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार