असार २४, २०८२ मंगलबार July 8, 2025

सङ्क्रमण रोकथाम गर्न नर्सलाई तालिम

हालसम्म देशभरका विभिन्न अस्पतालमा कार्यरत ११३ नर्सहहरुलाई सङ्क्रमण रोकथामसम्बन्धी तालिम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ चैत : अस्पतालमा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा कार्यरत नर्सहरुलाई तालिम प्रदान गरिएको छ ।

‘इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)’ले ग्राण्डी अस्पतालसँगको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुलाई दुई महिने तालिम प्रदान गरेको हो ।

दुई महिने तालिमको आज समापन कार्यक्रममा वरिष्ठ नर्स लालदेवी महर्जनले अस्पतालमा आउने बिरामीलाई सङ्क्रमण हुन नदिन यस्ता तालिमबाट सहयोग पुग्ने बताउनुभयो । उक्त तालिममा बिरामीलाई कस्तो कोठामा राख्ने, हावा कस्तो हुने, कस्तो सामान प्रयोग गर्दा सङ्क्रमण कम हुन्छलगायत बारेमा जानकारी गराइएको थियो ।

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष प्रमिला श्रेष्ठले तालिममा स्वास्थ्य संस्था सम्बद्ध सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना, अध्ययन–अनुसन्धान तथा सहकार्यको क्षेत्रमा सोसाइटीले काम गर्दैआएको बताउनुभयो ।

सन् २०२० मा स्थापना भएको उक्त सोसाइटीले हालसम्म देशभरका विभिन्न अस्पतालमा कार्यरत ११३ नर्सहहरुलाई सङ्क्रमण रोकथामसम्बन्धी तालिम प्रदान गरिसकेको छ । आज सम्पन्न भएको पाँचौँ सङ्क्रमण रोकथाम तालिममा देशभरका विभिन्न अस्पतालमा कार्यरत १६ नर्सको सहभागिता रहेको थियो । नेपाल सरकारले सञ्चालन गर्ने हरेक सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रममा सोसाइटीले भूमिका निर्वाह गर्दैआएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार