असार २४, २०८२ मंगलबार July 8, 2025

पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटी सम्बन्धी नि:शुल्क शिविर

निबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पथरी । मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए।

संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन्।

नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोगका साथै स्थानीय युवाहरूलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

सोही संस्थाका युवाहरूले गत तिहारमा खेलेको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडीले बताए। न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार