असार २३, २०८२ सोमबार July 7, 2025

‘कालिका कप’ भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकालाई

उपाधि जितेको गलकोटले २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, चैत २५ गते । ‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ । ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित गरेको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा गलकोटले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा जित निकाल्दै उपाधि चुमेको हो ।

फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको गलकोटले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१८ ले जित्यो । गलकोटले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधी चुम्यो ।

आइतबार सम्पन्न सेमिफाइनलमा गलकोट नगरपालिकाले सिद्धार्थ चश्मा घर कुश्मा नगरपालिकालाई र जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधि जितेको गलकोटले २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता गलकोटले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सेमीफाइनल खेलेका काठेखोला गाउँपालिका र सिदार्थ चश्मा घर कुश्मा नगरपालिकाले समान २५ हजारको दरले प्राप्त गरेको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया