असार २३, २०८२ सोमबार July 7, 2025

गोलकिपर अन्जना एपिएफ क्लबमा आबद्ध

नौ वर्षअघि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी अन्जना आगामी सिजनका लागि एपिएफमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले घरेलु फुटबल सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेल्ने भएकी छिन्।

नौ वर्षअघि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी अन्जना आगामी सिजनका लागि एपिएफमा पुगेकी हुन्। उनी आर्मीमा करारमा आबद्ध खेलाडी थिइन्।

पछिल्लो समय एपिएफकी पहिलो रोजाइकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिसमा फुटबल खेल्न गएकी छन्। त्यसपछि एपिएफको गोलपोस्ट सावित्री किसानले सम्हालेकी थिइन्।

एपिएफले किसानलाई समेटेर गत सिजनको महिला लिग जितेको थियो।

यो सिजन थप बलियो बन्नका लागि एपिएफले नेपालमा उपलब्धमध्ये उत्कृष्ट गोलकिपर भित्र्याएको हो।

१४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेकी अन्जनाले रौतहटबाट फुटबल यात्रा सुरु गरेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया