असार २३, २०८२ सोमबार July 7, 2025

जीतपुरसिमरा गोल्डकप: मच्छिन्द्र फाइनलमा

खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमरा । मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।

गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक पुगेको छ । मच्छिन्द्रको जीतमा सब्स्टीच्युट खेलाडी अनिल रानामगरले निर्णायक गोल गरे । प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटसम्म बेञ्चमा राखेका अनिल सविन गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

भरतपुर विरुद्धको महत्वपुर्ण खेलमा मैदान प्रवेश गरेको तेश्रो मिनटमै गोलको खडेरी तोड्दै अनिलले मच्छिन्दलाई रोमाञ्चक जित दिलाए । खेलको ६८ औं मिनटमा अनिलले गरेको गोलनै निर्णायक बन्यो ।

मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए ।

पहिलो र दोश्रो हाफमा भरतपुरले निकै आकर्षक अवसरहरु बनाएको थियो । अधिकाँश समय खेल आफ्नो नियन्त्रणमा राखेपनि फिनिसिङ लाईन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरीयो ।

खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार नगद र ट्रफि प्रदान गरे ।

बुधबार दोश्रो सेमीफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमराले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया