काठमाण्डौं, २८ चैत । स्पेनी फुटबलको घरेलु कप कोपा डेल रे मा सर्वाधिक उपाधि बार्सिलोनाले जितेको छ ।
बार्सिलोनाले ४२ फाइनल खेल्दा ३१ उपाधि हासिल गरेको हो । दोस्रो नम्बरमा एथ्लेटिक बिलबाओ छ ।
अब यो टोलीले ४० फाइनलमध्ये २४ मा उपाधि जितेको छ । तर, रियल मेड्रिड भने २० उपाधिसहित तेस्रो स्थानमा रहेको छ । जबकी रियलले ४० फाइनल खेलेको छ ।
उपाधि जितेका टोलीहरू (३ उपाधिदेखि)
३१ बार्सिलोना
२४ एथ्लेटिक बिलबाओ
२० रियल मेड्रिड
१० एटलेटिको मेड्रिड
८ भ्यालेन्सिया
(अन्यमा जारागोजा ६, सेभिया ५, इस्पान्योल ४, रियल बेटिस र रियल युनियन ३)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया