असार २४, २०८२ मंगलबार July 8, 2025

निःशुल्क आँखा शिविर सञ्चालन

शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), ३० चैत : कालीकोटको सदरमुकाम मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योती सङ्घ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि महावै गाउँपालिका–२ ओदानकुमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।

आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डबल अधिकारीले शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताउनुभयो । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्द नाथ योगीले वर्षौंदेखि आँखा नदेखेर थला परेका बिरामीले उपचार पश्चात् संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताउनुभयो । आँखाको उपचार गर्न नसकेकालाई यो शिविरबाट राहत पुगेको स्थानीयले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार