असार २४, २०८२ मंगलबार July 8, 2025

वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान

साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामधुनी (सुनसरी), ३० चैत : रामधुनी नगरपालिका–९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको हो ।

वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा सचिव जयराम चौधरीले जानकारी दिनुभयो । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।

साइकल हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “समुदायमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । सेवा प्रवाहका लागि हिँडेरै घरघर पुग्न गाह्रो हुन्छ । हिँडडुल गर्न सहज होस् भनेर साइकल वितरण गरिएको हो ।”

स्वयंसेविका मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाह गर्न सहज भएको बताउँनुभयो ।

स्वयंसेविकाले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरीको घरमै पुगेर निगरानी गर्ने, सरकारका खोप कार्यक्रममा सहयोग गर्ने लगायतका महत्वपूर्ण योगदान गर्दै आएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार