असार २३, २०८२ सोमबार July 7, 2025

बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३१ चैत । आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलुरुले १८ औं ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे । राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।

यसका साथै, १८ औं आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ । टोलीका चारवटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो ।

अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ ।

विराट कोहलीले १५ औं ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १०० औं अर्धशतक पूरासमेत गरेका छन् । विराटले आईपीएलमा ५० भन्दा बढीको ६६ औं स्कोर पनि बनाएका छन् । यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन् । दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया