असार २३, २०८२ सोमबार July 7, 2025

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी

‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, २ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तरगत समूह ‘डी’ का आजका खेलमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई चार विकेटले पराजित गरेको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पाएको अत्तरियाले १८ ओभरको दोस्रो बलमा छ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

अत्तरियाका टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले । विपिन रावलले २६ रन बनाए । होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले समान दुई/दुई तथा महेश भार र निर्मल गुरुङले एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होरिजोन क्रिकेट क्लबले १९ ओभरको पहिलो बलमा एक सय ४० रन बनाउँदै सबै विकेट गुमाएको थियो । होरिजोनको सुरुआत राम्रो हुन नसके पनि चौथो विकेटका लागि आएका कमल विष्टले ‘इनिङ’ उकास्ने काम गरे ।

विष्टले ३९ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । विप्रस केसीले ३५ रन बनाउँदै नटआउट रहे । अत्तरियाका लागि वसन्त खत्री र भोजराज भट्टले समान तीन विकेट लिए । सुशील साउदले दुई तथा हिकमत महर र अर्जुन विकले समान एक/एक विकेट लिए ।

यसैगरी आजको दोस्रो खेलमा टस जितेर ब्याटिङ सुरु गरेको  सुन्दरहरैँचाले निर्धारित ओभरको खेलमा एक सय २८ रन बनाएपछि जितका लागि मालपोखरी क्रिकेट क्लबले एक सय २९ रनको लक्ष्य पाएको थियो । विजयी लक्ष्य मालपोखरीले १७ ओभरको तेस्रो बलमा छ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । सुन्दर हरैचा क्रिकेट क्लबलाई मालपोखरीले चार विकेटले हराउन सफल भएको हो ।  मालपोखरीका  विजय गुुप्ताले सर्वाधिक ५९ रनको उत्कृष्ट पारी खेल्दै ‘रन आउट’ भए । सुन्दर हरैचाका लागि समिर कार्कीले दुई तथा सन्दीप ढुङ्गाना, प्रकाश कार्की र ओमकार यादवले समान एक/एक विकेट लिए ।

मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले दुई/दुई तथा सन्दीप खड्का, पङ्कज यादव र सोहनकुमार यादवले समान एक÷एक विकेट लिए । मालपोखरीका विजय गुप्ता ‘प्लेयर अफ दी म्याच’ घोषित भए । प्रतियोगिता अन्तरगत समूह ‘डी’ दुई खेलमा दुई जितनै हासिल गरेको अत्तरिया चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार पहिलो खेलमा होरिजोनले सुन्दर हरैचाको सामना गर्ने छ भने अत्तरियाले मालपोखरीको सामना गर्नेछ । समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

गत चैत २३ गतेदेखी सुरु भएको प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार