काठमाडाैंः पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी परेको छ । नायिका पूजा शर्माले सेवेदी बिरुद्ध उजुरी दिएकी छन् ।
पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।
बिहिबार सार्वजनिक कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए ।
उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजाले नाम नतोके पनि आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी हालेकी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया