असार २३, २०८२ सोमबार July 7, 2025

महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज। नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालगञ्ज रंगशालामा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रंगशाला सरसफाइ, रंगरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए।

उनले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रंगशालासम्म यातायताको व्यवस्थापनसमेत गरिएको बताए।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली नेपालगञ्ज आइसकेका प्रतियोगिताको सञ्चारमाध्यम संयोजक निरज गौतमले जानकारी दिए। नेपालका सात र भारतका एक टोली गरेर आठ टोलीको सहभागिता रहने सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीमध्ये सुदूरपश्चिम एफसी आज बेलुका नेपालगञ्ज पुग्ने उनको भनाइ छ। गौतमले भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने जानकारी दिए।

प्रतियोगितामा घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५० हजार ट्रफी, मेडलसहित पुरस्कार प्राप्त गर्नेछन्। लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ। प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार