असार २४, २०८२ मंगलबार July 8, 2025

मुख्यमन्त्रीद्वारा सर्लाहीका अवैध रुपमा सञ्चालित ११ अस्पताल बन्द गर्न निर्देशन

अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नभएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । सर्लाहीको बरहथवाका रहेका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्ने निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालनका लागि सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नभएको भन्दै बन्द गर्नका लागि निर्देशन दिनु भएको हो ।

बन्द गर्न निर्देशन दिइएका स्वास्थ्यसंस्थामा सङ्कट मोचन हेल्थ केयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।

हिजो अबेर साँझ बरहथवास्थित स्वास्थ्य संस्थाहरूको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनु भएको हो ।

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुअनुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्‍याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनु भएको हो ।

यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका ठाउँमा स्वास्थ्य संस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिनु भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार