असार २४, २०८२ मंगलबार July 8, 2025

छ महिनादेखि तलब पाएनन् स्वास्थ्यकर्मीले

तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिवेणी (रुकुम–पश्चिम), ४ वैशाख : जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब–भत्ता पाउन सकेका छैन्न् । गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पतााल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस विषयमा पटकपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाए पनि सुनवाइ भएको छैन । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलब भत्ता नपाएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले आफूहरुले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्रमार्फत ध्यानाकर्षण गराएका छ्न् । साथै तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द गरेका छन् ।

मङ्गलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतितिधित्व गर्ने सांसदसँग भेटघाट गरी तलब भत्ता पाउन नसकेको गुनासो पोखेका थिए । तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत सात, डेन्टल सर्जन दुई र जनस्वास्थ्य अधिकृत तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार