असार २३, २०८२ सोमबार July 7, 2025

आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित

हैदरावादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ ।

सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जीत निकालेको हो ।

मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

मुम्बईको जितमा विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रनको योगदान गरे भने सुर्यकुमार र ज्याक्सले तेस्रो विकेटको लागि सर्वाधिक ५२ रनको साझेदारी गरेका थिए ।

हैदरावादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारेका थिए ।

पहिलो इनिङ्समा हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र  ट्रभिसले ५९ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि विल ज्याक्सले दुई तथा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक एक विकेट लिए ।

यो तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै रहेको छ । ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ । ४ अंकको हैदरावादको पनि सम्भावना कायम छ । तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्ने भएको छ ।  शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार