असार २३, २०८२ सोमबार July 7, 2025

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, ७ वैशाख : कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखि सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्षमुनि पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा साराले महिला एकलतर्फ १४ र १२ वर्षमुनिको दुवै विधामा च्याम्पियन बनिन् । दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१ र ६–४ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसीप’मा दर्शिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ अङ्कले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसैगरी साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन् । साराले १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

त्यसैगरी, १४ वर्षमुनिको ‘ब्वाइज सिङ्गल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ अङ्कले पराजित गर्दै प्रथम हुन सफल भए । यसैगरी, १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यसराज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६, ७–६ र १०–४ अङ्कले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु सात हजार ५०० सहित मेडल प्राप्त गरे । चौथ वर्षमुनिको एकल विजेताले नगद रु १० हजार तथा उपविजेताले नगद रु पाँच हजारसहित मेडल प्राप्त गरे ।

यसैगरी, १२ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु आठ हजार तथा उपविजेताले नगद रु चार हजारसहित मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको आठ, नौ र दश वर्षमुनिको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीलाई प्रतियोगिताका मुख्य प्रायोजक मोहनबहादुर शाही, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले पुरस्कृत गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार