असार २०, २०८२ शुक्रबार July 4, 2025

हीरक महोत्सव मनाएको विद्यालय, विद्यार्थी टिकाउनै सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ढुङ्गाकै गारो, ढुङ्गाकै छानो । कमेरो र रातो माटोले पोतिएको गाउँकै पुरानो घरको झल्को दिन्छ भार्से जनसहयोग माध्यमिक विद्यालयले । विद्यालय भवनसहित छात्रावास, अतिथिगृहलगायतका पुराना संरचना पनि थिए तर ती संरचना समयसँगै भत्किएर गए ।

गुल्मीको सत्यवती गाउँपालिका–८ को भार्से जनसहयोग माविसँग ७५ वर्षको गर्विलो इतिहास छ । सोही अवसरमा भर्खरै हीरक महोत्सव मनायो विद्यालयले । जिल्लाका सबैभन्दा पुराना माविमध्ये भार्से जनसहयोग मावि एक हो तर समयसँगै गाउँ गाउँमा खुलेका विद्यालय र तीव्र बसाइँसराइका कारण भार्से जनसहयोग माविलाई विद्यार्थी टिकाउन ठुलो चुनौती देखिएको छ । कुनै समय आठ/नौ सय विद्यार्थीले खचाखच भार्से जनसहयोग माविलाई अहिले एक सय विद्यार्थी टिकाउन मुस्किल रहेको भार्सेका अगुवा बोमबहादुर श्रीसले बताउनुभयो ।

गाउँमा न्यून आयस्रोत भएका व्यक्ति मात्रै बस्ने र कक्षा ५ पढिसकेपछि सहर झर्ने प्रवृत्तिले अबका केही वर्षमा विद्यालय खाली हुने जोखिम रहेको भार्से जनसहयोग माविका प्रधानाध्यापक लोकहरि पाण्डेय बताउनुहुन्छ । बर्सेनि पाँच/सात घर बसाइँ सरेर जाँदा विद्यार्थी सङ्ख्या घटिरहेको छ । विद्यार्थी थपिने गाउँ वा विद्यालय नजिक छैनन् । गाउँकै अभिभावक टिकाउने र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन नगरे विद्यार्थी रोक्न नसकिनेमा प्रधानाध्यापक पाण्डेय विश्वस्त हुनुहुन्छ ।

भार्सेमा अनौपचारिक रूपमा विसं १९८६ मै पढाइ सुरु भए पनि औपचारिक रूपमा भने विसं २००८ मा भार्से जनसहयोग मावि स्थापना भएको हो । विसं २०१८ बाट माध्यमिक विद्यालयकै रूपमा पठनपाठन सुरु भएको यस विद्यालयसँगै जन्मिएका कैयन् भार्सेली अहिले छैनन् तर भार्से जनसहयोग मावि ७५ वर्षसम्म इतिहासको साक्षी बनेको छ । तत्कालीन समयमा गुल्मी पश्चिममा भार्से जनसहयोग मावि मात्रै भएकाले १० गाविस र बागलुङका विद्यार्थीले अध्ययन गर्ने गरेको भार्सेका अगुवा बोमबहादुर श्रीसले बताउनुभयो ।

हीरक महोत्सवमा विद्यालयकै शैक्षिक गुणस्तर राम्रो बनाउन आर्थिक अभियान सञ्चालन गरेकाले अहिलेसम्म ३५ लाख रुपियाँ सङ्कलन भएको प्रधानाध्यापक पाण्डेयले बताउनुभयो । अहिले विद्यालयमा १८ जना शिक्षक तथा कर्मचारी र १२० जना विद्यार्थी मात्र छन् ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार