काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका हुन् ।
हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया