असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउँछः अध्यक्ष दाहाल

गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको र पहिलादेखि नै आफूहरुबीच सहमति नै रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र नामले मात्रै नभएर कामले बाँच्नुपर्ने बताएका छन् ।

आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दलहरुले राम्रो काम गरेर गणतन्त्रलाई थप सुदृढ गराउनुपर्ने र कामले यसलाई स्थापित गराउनुपर्ने बताएका हुन् ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विषयमै कुराहरु उठाएको उनले बताए । प्रचण्डले गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको र पहिलादेखि नै आफूहरुबीच सहमति नै रहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताए । तर, अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने प्रचण्डको भनाइ छ । सरकारको विषयलाई लिएर अहिले कांग्रेस–एमालेमा ठूलो मतभेद रहेको उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिले गणतन्त्र खतरामा छ भन्ने कुरा गलत रहेको बताए । जनमतको दृष्टिकोणबाट गणतन्त्र खतरामा छैन भन्ने पुष्टि हुने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार