असार २३, २०८२ सोमबार July 7, 2025

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा प्रतिस्पर्धा गर्ने

जापानको ओसाकामा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ वैशाख । नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसै अप्रिलमा हुने जापान वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

दुवै च्याम्पियनसिपमा अदिशले पुरुष यु–१७ उमेरसमूहको व्यक्तिगत पुम्सेमा चुनौती प्रस्तुत गर्नेछन् ।

जापानको ओसाकामा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै छ । त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।

आगामी मे ३ देखि ४ सम्म गोल्ड कोस्ट ओपन हुने तय छ । त्यसैले उनी जापानबाटै अस्ट्रेलिया जानेछन् ।

आइतबार एक कार्यक्रमका बीच अदिश अध्ययनरत कलेज नामी इन्टरनेसनलले उनलाई बिदाइ गरेको थियो ।

जोरपाटीस्थित नामीमा भएको कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई बिदाइ गरेका थिए ।

अदिश तेस्रो डान प्राप्त खेलाडी समेत हुन् । अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट दिँदै पदक जित्ने आशा व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार