माघ ९, २०८२ शुक्रबार January 23, 2026

प्रतिबन्धित नेकपाका नेता लालबहादुर ओलीलाई थुनामुक्त गर्न सर्बोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रतिवन्धित नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती व्युरो सदस्य लालबहादुर ओली उर्फ ‘विश्व’लाई सर्वोच्च अदालतले रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीशको रोहवरमा तत्काल रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण रिटमाथि शुक्रबार भएको बहसमा माननीय न्यायधिसद्धय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले लालबहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।

गत बैशाख ६ गते दाङ्गको तुलसीपुर उमनपा-३ स्थित राम्रीबाट प्रहरीले पक्राउ गरेका ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद ओलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको सुनुवाइका क्रममा निवेदकका पक्षमा अधिवक्ता कान्तिराम ढुंगाना लगायतले बहस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार