काठमाडाैं, वैशाख ७ . राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।
उनीमाथि चैत १५ गतेको प्रदर्शनलाई उकास्न भूमिका खेलेको आरोपमा राज्यविरुद्धको कसुरमा म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो। तर, स्वास्थ्यका कारण आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनलाई आइतबार राति रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं का प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार, राणा आफ्नी पत्नी प्रतिभा राणाको जिम्मामा रिहा भएका हुन्। प्रहरीले धवल परिवारलाई बेलुका ५ बजे उपस्थित हुन बोलाएको थियो, तर उनकी पत्नी ७ बजेपछि मात्रै प्रहरी कार्यालय पुगेकी थिइन्। सबै प्रक्रिया पूरा गरेर राणा राति करिब ९ बजे प्रहरी कार्यालयबाट बाहिरिएका हुन्।
मुद्दा कायमै, अनुसन्धान जारी
राणा रिहा भए पनि उनीविरुद्धको मुद्दा विचाराधीन अवस्थामा नै रहेको प्रहरीले स्पष्ट पारेको छ।
“मुद्दा फिर्ता गरिएको होइन, कानुनी प्रक्रिया जारी छ,” एसएसपी अधिकारीले भने, “उहाँले प्रक्रिया अनुसार सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया