असार २०, २०८२ शुक्रबार July 4, 2025

शिक्षक आन्दोलन जटिल मोडमा

शिक्षक महासंघसँग लगातार वार्तामा रहेकी मन्त्रीले समस्या समाधान गर्न नसकेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षक आन्दोलन जारी रहेको २० दिनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले पदभार ग्रहण गरेको झन्डै १० महिनापछि राजीनामा दिनुभएको हो । उहाँ गत वर्ष असार ३१ गते नियुक्त हुनुभएको थियो । सोमबार दिउँसो प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्न पुगेकी मन्त्री भट्टराईले राजीनामा दिनुभएको हो । उहाँले किन राजीनामा दिनुभएको हो खुल्न सकेको छैन ।

यद्यपि, शिक्षक आन्दोलन र महासंघले राखेको मागका बारेमा प्रम र भट्टराईबीच मत मिल्न नसकेपछि राजीनामा दिनुभएको अनुमान छ । मन्त्रालयको कमजोर संयन्त्रका कारण मन्त्रालयले महासंघसँग वार्ताको निचोड निकाल्न नसकेको हो । उच्चस्रोतका अनुसार यसअघि पनि राजीनामा दिने तयारीमा रहनुभएको मन्त्री भट्टराईले शिक्षक आन्दोलनको विषयमा मत मिल्न नसकेपछि राजीनामा दिनुभएको हो । प्रधानमन्त्री ओलीले शिक्षकको आन्दोलनको विषयमा शुक्रवार मध्यरातसम्म महासंघसँग वार्ता गर्दा मन्त्री भट्टराईलाई बोलाउनुभएको थिएन ।

विद्यालय शिक्षा विधेयकको विषयमा सांसद छविलाल विश्वकर्माको उपसमितिमा लगातार छलफल गर्दा सहभागिता जनाइरहनुभएकी मन्त्री भट्टराईले एकाएक राजीनामा दिने विषय कहीँकतै चर्चा थिएन । शिक्षक महासंघसँग लगातार वार्तामा रहेकी मन्त्रीले समस्या समाधान गर्न नसकेको आरोप छ । मन्त्रीको राजीनामासँगै अब शिक्षक आन्दोलन के हुने भन्ने विषय अन्योल छ ।

मन्त्रिपरिषद्को बैठकले महासंघले राखेको मागको निकास दिने तयारी गरेको थियो । महासंघ मन्त्रिपरिषद्को बैठकको निर्णयको आधारमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने तयारीमा छ । शिक्षकले उठाउँदै आएका मागलाई शिक्षा मन्त्रालयले ७ वटा प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा दर्ता गराएको छ । काठमाडौं केन्द्रित सडक प्रदर्शनको २०औं दिनमा प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भएको हो ।

पेसागत महासंघले शिक्षक आन्दोलनको विषयमा आइतबार ध्यानाकर्षणपत्र बुझाउँदा मन्त्री भट्टराईलाई जानकारी दिइएन । यसरी आफ्नो मन्त्रालयको विषयमा सरोकारवालासँग छलफल गर्दा र बैठक बस्दा नबोलाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । ‘सोही असन्तुष्टिको आधारमा मन्त्रीज्यूले राजीनामा दिनुभएको अनुमान छ’ –मन्त्रालय स्रोतले भन्यो ।

प्रस्ताव पारित गरे शिक्षकले थालेको आन्दोलनको मोडालिटी परिवर्तन हुन सक्छ । उच्चस्रोतका अनुसार महासंघले केही शिक्षकलाई कार्यक्षेत्रमा पठाएर आन्दोलनको मोडालिटी परिवर्तन गर्न लागेको हो । यातायात व्यवसायी, अभिभावक, दलगत विद्यार्थी संघसंगठनले समेत आन्दालनको चर्को विरोध गर्न थालेपछि महासंघले आन्दोलनबाट कसरी ब्याक हुने भन्ने बाटो खोजिरहेको छ ।

महासंघ ऐन आएपछि मात्र आन्दोलन रोक्ने मुडमा छ । ‘मन्त्रिपरिषद्को बैठकले कस्तो निर्णय गर्छ सोही आधारमा हाम्रो आन्दोलन अघि बढ्नेछ’ –आन्दोलन परिचालन समितिका संयोजक एवं महासंघका सहअध्यक्ष नानुमैया पराजुलीले भन्नुभयो ।

महासंघले हिजो सोमबार पनि आन्दोलन जारी राखेको थियो । दिउँसो हुने प्रदर्शन रोकेर बिहान ९ देखि मध्याह्न १२ बजेसम्म प्रदर्शन जारी राखेको छ । महासंघले ऐन जारी हुनुपर्ने र वृत्ति विकास र विभिन्न पेशागत मागसहित चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन जारी राखेका छन् भने २५ गतेबाट शैक्षिक हड्ताल घोषणा गरेपछि सामुदायिक विद्यालयहरूमा शैक्षिक गतिविधि ठप्प छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार छ । ईसीडीका शिक्षकको तलब १७ हजार ३ सय बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गमभत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम निर्धारण गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षकको उपचारमा छुटको व्यवस्थालगायतका माग पूरा गर्न सरकार तयार भएको छ ।

मन्त्रालयले प्रस्ताव तयार पार्नुअघि गृह र अर्थ मन्त्रालयसँग सहमति लिइसकेको छ । स्थानीय तहले शिक्षकको मर्यादामाथि प्रहार गर्न थालेपछि स्थानीय तहको अधिकार कटौती गर्न माग गरेको छ । त्यस्तै, राहत, अस्थायी, साविक उच्चमावि, अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक छुट, अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई कसरी स्थायी गर्ने भन्ने विषय पेचिलो बनेको छ ।

तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल र अशोक राईसँग भएको विगतको सहमतिअनुसार हुनुपर्ने माग महासंघको छ ।

शिक्षकद्वारा अभिभावक कुटिए

लगातार आन्दोलनका कारण आफ्नो छोरीलगायत विद्यार्थीको पठनपाठन खुला गर्न माग गर्दा एक अभिभावक निर्धात कुटिएका छन् । गोदावरी नगरपालिका–५ निवासी सनत महतलाई शिक्षक आन्दोलनमा घुसपैठ गरेको आरोप लगाएर शिक्षकले कुटपिट गरेका थिए । उहाँकी छोरी प्रेसप्रोएका महत स्थानीय सरस्वती माविमा कक्षा ८ उत्तीर्ण गरी ९ मा पुगेकी छिन् ।

महतले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘मैले त शिक्षकहरूलाई अब आन्दोलनको मोडालिटी परिवर्तन गर्नुप¥यो भनेको थिएँ । के थाहा शिक्षक यति उग्र हुन्छन् भनेर । मैले त शिक्षक भनेको शिष्ट व्यक्ति हुन भनेर सोचेको थिएँ । ममाथि धक्कामुक्का भयो । मलाई कसैले सिकाएर गएको होइन । म त मेरो वडाको विद्यालयको एकजना अभिभावक भएको नाताले गएको हुँ । ममाथि अभद्र व्यवहार भयो ।’

कक्षा १२ को परीक्षा केही दिन पछि सर्ने

यस वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । आज मंगलवार बिहान ८ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको छ । उच्चस्रोतका अनुसार केही दिनका लागि भए पनि परीक्षा सर्ने सम्भावना रहेको छ । कति दिन सर्ने भन्ने विषयमा बोर्ड बैठकले निक्र्योल गर्नेछ ।

यदि, आज आन्दोलन रोकियो भने पनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्ने अवस्था रहँदैन । उत्तरपुस्तिका पुगिसके पनि केन्द्राध्यक्ष विद्यालयमा पुग्नुपर्छ । अनलाइनबाट प्रश्नपत्र पु¥याए पनि प्राविधिक कारणले केही दिन सर्न सक्छ । -नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार