असार २०, २०८२ शुक्रबार July 4, 2025

करिब आठ लाखलाई श्रम स्वीकृति

२०८१ सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब आठ लाख पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०८१ को वैशाखदेखि चैतसम्म सात लाख ९४ हजार ८४५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ११ हजार ४२३ जना थियो । जुन २०८० भन्दा २०८१ सालमा ८३ हजार ४२२ जनाले बढी हो ।

विभागका अनुसार २०७९ चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यस वर्षको सो अवधिमा सबैभन्दा धेरै चैतमा ७३ हजार ४०३ जना र सबैभन्दा कम असोजमा ५३ हजार ५२५ जना बिदेसिएका छन् । यस्तै जेठमा ७२ हजार ८७१ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५८ हजार ७३६ जना, साउनमा ५९ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार भदौमा ५७ हजार ४९३, कात्तिकमा ७० हजार ९९०, मङ्सिरमा ६८ हजार ९६३, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युएई पहिलो श्रम गन्तव्य

२०८१ सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ९४ हजार ८४५ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्र करिब दुई लाख जनाले श्रम स्वीकृति लिएका छन् । युएई अघिल्लो वर्षदेखि लगातार नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश हुुन सफल भएको छ । विभागका निर्देशक टीकाराम ढकालले गत वर्षदेखि लगातार युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । पछिल्ला वर्षमा युएईमा पर्यटन, उत्पादन र सेवासम्बन्धी रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ नयाँ अवसर सिर्जना गरेसँगै युएईमा नेपाली श्रमिकको माग बढेको उहाँको भनाइ छ ।

यस अवधिमा नेपालीको दोस्रो र तेस्रो श्रम गन्तव्य देश क्रमशः साउदी अरब र कतार रहेका छन् । अघिल्लो वर्ष दोस्रो कतार र तेस्रो साउदी अरब थिए । दुई वर्षअघि पहिलो श्रम गन्तव्य देश रहेको मलेसिया यस अवधिमा भने पाँचौँ स्थानमा रहेको छ । चौथो स्थानमा कुवेत रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष असोजबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५५ हजारभन्दामाथि नाघेको छ । असोजमा नेपालीको चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम देखिएको हो ।

विप्रेषण पनि बढ्यो

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन महिना) सम्म साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ । यस अवधिसम्मको तथ्याङ्कमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको हो ।  त्यसै गरी समीक्षा अवधिमा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार