असार २०, २०८२ शुक्रबार July 4, 2025

नियमनबाहिर सामाजिक सञ्जाल

राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सम्प्रदायको हितलाई दृष्टिगत गरी सरकार सामाजिक सञ्जाल सूचीकरण र नियमन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ९ गते । सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले चैत ७ गते सूचना प्रकाशित गरी सामाजिक सञ्जाललाई सूचीकरणका लागि सम्पर्कमा आउन भनेको थियो । वैशाख ७ गतेसम्ममा फेसबुकसहितका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटा कम्पनीका प्रतिनिधि मात्रै सरकारको सम्पर्कमा आएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने, समाजप्रति उत्तरदायी बनाउने र सामाजिक सञ्जाल सञ्चालकको सम्पर्कविन्दु तोक्ने कार्यका लागि सूचीकरण आवश्यक पर्ने प्रस्ट पार्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सम्प्रदायको हितलाई दृष्टिगत गरी सरकार सामाजिक सञ्जाल सूचीकरण र नियमन गर्ने बताउनुभयो ।

सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार अहिलेसम्ममा टिकटक, भाइबर र बी टक दर्ता भएका छन् । उहाँले भन्नुभयो, “तीन वटा मात्रै सामाजिक सञ्जाल दर्ता/सूचीकृत भएका छन् । यसबिचमा एउटा पनि दर्ता हुन आएन तर मन्त्रालयले मेटाको टोलीसँग छलफल गरेको छ । वैशाख ४ गतेको छलफलमा निर्देशिका अनुसार सूचीकरण गर्न, नेपालमा सम्पर्कविन्दु तोक्न आग्रह गरिएको छ ।” उहाँले मेटाका प्रतिनिधिले निर्देशिकामा कानुनी आधार के भनेर प्रश्न उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐन निर्माण भएपछि त्यो अनुसार गरौँला भन्ने मेटाका प्रतिनिधिको कुरा आयो । उहाँहरूले ‘हामी माथिल्लो निकाय’ मा जानकारी दिन्छौँ भन्नुभएको छ ।”

सहसचिव ठाकुरले सरकारको नियमन र सूचीकरणबाहिरै धेरै सामाजिक सञ्जाल रहेको बताउँदै बृहत् रूपमा छलफल गरेरै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले केही निर्णय लिनु पर्छ । सामाजिक सञ्जाल बन्दै गरेर हुँदैन तर विज्ञसँग छलफल गरेर सरकार निष्कर्षमा पुग्छ भन्ने मलाई विश्वास छ । नियमनका लागि सरकारी संरचनामा ल्याउनै पर्छ ।”

उहाँले साइबर सुरक्षाका सन्दर्भ, अनुसन्धानका काममा सघाउ पु¥याउनका लागि पनि सम्पर्कविन्दु तोक्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपालमा धेरै मात्रामा प्रयोग हुने मेटाका प्ल्याटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम र रिल्स हुन् । त्यसै गरी एक्स (ट्विटर), टेलिग्राम, स्न्यापच्याट, लिङ्कडिन, टेलिग्राम, ड्रागनसहितका सामाजिक सञ्जालको पनि नेपालमा धेरै प्रयोगकर्ता छन् ।

नियमन गर्नु पर्छ : विज्ञ

साइबर सुरक्षाविज्ञ राजनराज पन्तले साइबर सुरक्षा, कन्टेन्ट फिल्टर गर्ने कार्यसहितका विषयलाई दृष्टिगत गरेर सामाजिक सञ्जालको सूचीकरण, नियमन र सम्पर्कको माध्यम तोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता हुनु राम्रो हो । फेसुबकका प्रयोगकर्ता धेरै छन् । डाटाको सुरक्षाका सन्दर्भलाई ध्यान दिन पनि दर्ता वा सूचीकरण गर्नु र सम्पर्कविन्दु तोक्नु उपयुक्त हुन्छ । कुनै पनि देशले आफ्नो गोपनीयताका सन्दर्भमा सामाजिक सञ्जालका सञ्चालकलाई भन्न सक्छ । साइबर सुरक्षादेखि डाटा सुरक्षासम्मलाई यो कार्यले फाइदा पुग्छ ।” गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार