श्रावण १४, २०८३ बिहिबार July 30, 2026

साउदी दरबारका ‘स्लिपिङ प्रिन्स’, जो २००५ देखी अझै सुतिराखेका छन्

करिब १९ वर्षदेखि भेन्टिलेटर र फिडिङ ट्यूबको सहयोगमा जीवन बाँचिरहेका छन् राजकुमार अल वालिद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रियाद, ११ बैशाख । साउदी अरेबियाका राजकुमार अल–वालिद बिन खालिद बिन तलाल, जसलाई प्रायः ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्छ ।

गत हप्ता उनले आफ्नो ३६ औं जन्मदिन कोमामा नै मनाएका छन् ।  उनले यसरी कोमामा नै जन्मदिन मनाएको झण्डै दुई दशक बढी भइसकेको छ, जसका कारण  उनलाई ‘स्लिपिङ प्रिन्स’ भनिएको हो ।

सन् २००५ मा लण्डनमा भएको कार दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेपछि उनी कोमामा गएका थिए र त्यसबेला देखि नै उनी त्यही अवस्थामा कोमा नै रहेका छन ।

राजकुमार अल वालिद करिब १९ वर्षदेखि भेन्टिलेटर र फिडिङ ट्यूबको सहयोगमा जीवन बाँचिरहेका छन् । उनलाई रियादको किंग अब्दुलाजिज मेडिकल सिटीमा समर्पित मेडिकल टोलीको निगरानीमा राखिएको छ। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा केही वर्षयता कुनै परिवर्तनसमेत आएको छैन्, उनी जस्ताको तस्तै छन् । फगत यति हो कि उनी जीवीत रहेका छन् ।

सन २०१९ मा एक समय थियो, जब उनको औंलाहरूमा केही हल्का हलचल देखिएको थियो र उनको टाउको पनि हल्का हल्लिएको थियो। यो खबर उनको स्वास्थ्य लाभको लागि प्रार्थना गर्नेहरूका लागि आशाको किरण बन्यो। तर, बिडम्बना त्यस पछि कुनै ठोस सुधार भएको छैन।

राजकुमार अल वलीदका बुबा राजकुमार खालिद बिन तलाल र आमा राजकुमारी रीमा बिन्त तलाल अझै पनि अल्लाहको कृपा र छोराको जाग्ने आशामा बाँचिरहेका छन्। प्रिन्स खालिदले यसअघि धेरै पटक भनेका छन् कि उनले जीवन समर्थन उपकरणहरू हटाउन कहिल्यै अनुमति दिने छैनन किनकि उनी यसलाई अल्लाहको इच्छा मान्छन्।

यस वर्ष अप्रिल १८ मा उनको जन्मदिनको बारेमा परिवारले कुनै आधिकारिक बयान जारी गरेको छैन। तर संसारभरका मानिसहरूले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना पठाए र एक दिन होश फर्कने आशा व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार