असार २०, २०८२ शुक्रबार July 4, 2025

न्यूनतम पारिश्रमिक नदिने कम्पनीविरुद्ध ‘एक्सन’ मा मलेसियन सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १ हजार ७ सय मलेसियन रिंगेट नदिने ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा परेका छन् ।

मलेसियाको श्रम विभागले अनुगमनका क्रममा देशभर अझै पनि ३५ सुरक्षा कम्पनीले गत १ फेब्रुअरी २०२५ देखि लागू भएको १ हजार ७ सय रिंगेट न्यूनतम पारिश्रमिकको आदेशको पालना नगरेको भन्दै कारबाही गरेको जनाएको छ । श्रम विभागका महानिर्देशक कमल पार्दीले अपराध गर्ने रोजगारदातालाई राष्ट्रिय ज्याला वार्ता परिषद् ऐन, २०११ (ऐन ७३२) अन्तर्गत जरिमाना गरिने बताए ।

महानिर्देशक पार्दीका अनुसार मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गतको श्रम विभागले सुरक्षा गार्ड कम्पनीमा कार्यरत कामदारले गुनासो गरेपछि अनुगमन गरेको बताए । कामदारले अझै पनि प्रतिमहिना पुरानै पारिश्रमिक १ हजार ५ सय रिंगेट दिँदै आएको गुनासो गरेपछि विभाग एक्सनमा उत्रिएको हो ।

‘हामीले देशभरका ३५ सुरक्षा कम्पनीको निरीक्षण गर्न एकैसाथ अपरेसन ग¥यौं,’ उनले भने, ‘अझै पनि प्रतिमहिना १ हजार ५ सय रिंगेट पुरानो न्यूनतम तलब दिइरहेको पाइएपछि कारबाही गरेका हौं, हामीलाई आशा छ, अब कम्पनीले तुरुन्तै न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिंगेट दिएर कानुनको पालना गर्नेछ र मार्च अनि अप्रिलको तलबबाट सुरु हुने यी तलब बक्यौता भुक्तानी गर्नेछ ।’

सोही अवधिमा रोजगारदातालाई लगभग ७ सय जरिमाना र कम्पाउन्डहरू पनि लगाएको र त्यसबाट २ मिलियनभन्दा बढी राजस्व संकलन भएको जनाएको छ । त्यसैले जरिमाना तिर्नुको सट्टा, रोजगारदाताहरूले आफ्ना कर्मचारीलाई न्यूनतम ज्याला दिन विभागले सबै कम्पनीलाई अनुरोध गरेको छ । तोकिएको पारिश्रमिक नदिए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

यसअघि क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम तलब १ हजार ७ सय मलेसियन रिंगेट नपाए गुनासो गर्न भनेको छ । दूतावासले एक सूचना जारी गर्दै तलब १ हजार ७ सय रिंगेट नपाएको गुनासो दूतावासले उपलब्ध गराएको लिंकमा गएर फाराम भरी जानकारी पठाउन मलेसियामा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

फाराम भरी पठाउने सम्पूर्णको विवरण गोप्य राखिने जानकारी पनि दूतावासले जनाएको छ । कतिपय रोजगारदाता कम्पनीले मलेसिया सरकारले बढाएको तलब नेपाली कामदारले नपाएको गुनासो बढेपछि दूतावास फाराम भरेर पठाउन अनुरोध गरेको हो ।

दूतावासका अनुसार श्रमिकको नाम, राहदानी नम्बर, सम्पर्क नम्बर, कम्पनीको नाम, कम्पनीमा कार्यरत वर्ष र कम्पनीको सेक्टर फाराममा भरेर पठाउनुपर्नेछ । मलेसिया सरकारले १ फेब्रुअरीदेखि लागू हुनेगरी आप्रवासी कामदारको मासिक न्यूनतम पारिश्रमिक १ हजार ५ सयबाट बढाएर १ हजार ७ सय रिंगेट पु-याउने घोषणा गरेको थियो ।

तलब बढेसँगै अहिले मलेसियामा कार्यरत नेपाली श्रमिकको १ हजार ७ सय रिंगेट (करिब ५ हजार ३ हजार रुपैयाँ) पाएका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार