असार २०, २०८२ शुक्रबार July 4, 2025

ठूला आयोजना, बजेट कार्यान्वयन सुस्त

डोल्पा लगायत जिल्लाका पालिकाहरूलाई अझै सडक सञ्जाल पुगेको छैन 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली तुलनात्मक हिसाबमा कम समृद्ध प्रदेशमा पर्छ । समृद्धिका लागि आवश्यक हो, ठूलाठूला परियोजना अनि शिक्षा र स्वास्थ्यमा ठूलो लगानी । प्रदेश सरकार बनिसकेपछि यहाँको खास आवश्यकता पहिचान नगरेको पनि होइन ।

ठूला आयोजनाहरू पहिचान गरी बजेट पनि विनियोजनसमेत प्रदेशले गरेकै छ । तर त्यसअनुसारको प्रगति देखिन्न । त्यसको एउटै कारण हो : बजेट कार्यान्वयन सुस्त हुनु । यसै वर्षको बजेट हेर्ने हो भने पनि त्यो देखिन्छ । वर्ष २०८१÷८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । तर, चैत मसान्तसम्म प्रदेशले जम्मा २७.६६ प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

भन्न त कर्णाली प्रदेशले चालु वर्षको नीति तथा कार्यक्रममा ७५ प्रतिशत बजेट कार्यान्वयन गर्ने भनेको थियो । तर, आखिर त्यसको निकै कम मात्रै खर्च हुने पक्कापक्की देखिएको छ । प्रदेशले ३५ वटा प्रमुख आयोजना पहिचान गरी प्राथमिकता दिएको थियो । तर, अधिकांश कागजमै सीमित छन् । कतिपय सुरु भएरै अलपत्र परेका छन् । यसमा कार्यान्वयन हुन सक्ने आयोजना हो होइन भनेर सुरुमै विचार नपुर्‍याइनु पनि प्रमुख कारण हो । र, अर्को अन्तर सरकारी निकाय समन्वय र कानुनी झन्झटहरू पनि आयोजना कार्यान्वयनमा बाधक हुने गरेका छन् । ती झन्झट अन्त्य गर्नुपर्ने कर्तव्य सरकारकै हो ।

सस्तो लोकप्रियताका लागि ठूला आयोजनाको हाउगुजी देखाइनु, तर बेलामा आयोजनाको विस्तृत प्रतिवेदन तयार नहुनु अनि बजेट निकासा पनि समयभन्दा ढिला हुनुलगायत कारण यस्ता विषम परिस्थिति देखा पर्छन् । यस्तो रोग संघीय सरकारअन्तर्गतका आयोजनामा दसकौंदेखि देखिने गरेकै हो । प्रदेशहरूमा पनि सरुवा रोगले गाँजेको छ । कर्णाली प्रदेशको पहिलो आवश्यकता सडक पूर्वाधार हो ।

डोल्पा लगायत जिल्लाका पालिकाहरूलाई अझै सडक सञ्जाल पुगेको छैन । त्यहाँसम्म सडक पुर्‍याउने योजनाहरू पनि सम्पन्न गर्न सरकार चुकिरहेको छ । प्राथमिकताका आयोजनाहरूमा प्राय बहुवर्षीय सडक आयोजना नै छन् । तर, ठेक्का लाग्ने र निर्माण कम्पनीले बेलामा काम नगर्ने अनि सरकारले कारबाही गर्न नसक्ने रोगको पुनरावृत्ति कर्णालीमा पनि छ । खासमा पुँजीगत खर्च नहुने र ठूला आयोजनाहरूको कार्यान्वयन नहुने रोगको पहिचान नगरी बजेट कार्यान्वयनको आशा गर्न सकिन्न ।

कतिपय आयोजना राजनीतिक करामत देखाउने नाममा राखेर बजेट विनियोजन गर्दा पनि कार्यान्वयनमा समस्या आएको मनन गरी योजना छनोटदेखि नै पुनर्विचार गर्नुपर्ने देखिन्छ । अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार