असार २०, २०८२ शुक्रबार July 4, 2025

सडक बालबालिकामुक्त घोषणा गर्न निर्देशन

वैशाख मसान्त, ७५३ स्थानीय तहलाई जेठ १५ गते र सातै प्रदेशलाई जेठ मसान्तभित्र बालबालिकामुक्त भएको घोषणा गर्न परिपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी वैशाख मसान्तसम्म वडा, स्थानीय तह र जेठ मसान्तसम्म सातै प्रदेशले सडक बालबालिकामुक्त भएको घोषणा गर्न निर्देशन दिएको छ । यो निर्देशन सडक प्रदेश, स्थानीय तह र वडालाई निर्देशन दिइएको हो ।

राष्ट्रिय बाल अधिकार परिषद्का संरक्षण अधिकृत रामबहादुर चन्दले सरकारको नीतिबमोजिम सडकमुक्त बालबालिका नभएको घोषणा गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशैभरका वडालाई वैशाख मसान्त, ७५३ स्थानीय तहलाई जेठ १५ गते र सातै प्रदेशलाई जेठ मसान्तभित्र बालबालिकामुक्त भएको घोषणा गर्न परिपत्र गरिएको छ ।

यदि बालबालिका सडकमा पाए तत्काल उद्धार गरेर पुनस्र्थापना केन्द्रमा राख्ने व्यवस्था मिलाइने छ ।” उहाँका अनुसार प्रदेश र स्थानीय तहले आफ्नो अनुकूलतामा सडकमा बालबालिका नभएको अवस्था सिर्जना गर्ने कार्यक्रम गर्न सक्ने भएका छन् । उक्त जानकारी मन्त्रालय र परिषद्लाई गराउनुपर्ने छ ।

प्रदेश र स्थानीय तहले सडक बालबालिका नभएको घोषणा गरेपछि मात्रै सङ्घीय सरकारले कार्यक्रम गरेर घोषणा गर्ने तयारी गरेको हो । परिषद्ले २०७३ वैशाख २७ देखि २०८१ चैत मसान्तसम्म देशैभर दुई हजार ४८५ जना सडकबाट उद्धार गरिएको जनाएको छ । यस्तै आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म १३६ जना बालबालिका सडकबाट उद्धार गरिएको संरक्षण अधिकृत चन्दले जानकारी दिनुभयो ।  गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार