असार १, २०८२ आइतबार June 15, 2025

तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

१२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया