असार ११, २०८३ बिहिबार June 25, 2026

इरान युद्धमा ८७ अर्ब डलर माग

इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ११ असार (रासस/सिन्ह्वा) : इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ ।

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको जनाएको छ ।

प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयलाई छुट्याइएको छ । यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च र गोप्य कार्यक्रमहरूका लागि प्रयोग गरिने जनाइएको छ ।

यस अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानहरूलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि एक अर्ब ४० करोड डलर पनि समावेश गरिएको छ ।

प्रशासनले वासिङ्टन डीसी र आसपासका पुनर्निर्माण तथा पूर्वाधार आयोजनाका लागि ५० करोड डलर र न्युयोर्कस्थित पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरेको छ ।

यद्यपि इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्ने देखिएको छ । दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

यसैबीच अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पलाई थप सैन्य कारबाही सुरु गर्न नपाउने व्यवस्था गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको हो ।

सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्पले उनीहरूको आलोचना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ भन्दै उनीहरूले आफ्नो काम कठिन बनाएको टिप्पणी गर्नुभएको थियो । उहाँले चुनौतीका बाबजुद आफ्नो योजना अघि बढाउने बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार