असार १, २०८२ आइतबार June 15, 2025

‘विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’ : डा. महत

कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), जेठ  ७ गते । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका  कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने  बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उहाँले त्यसो भन्नुभएको हो ।

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याउनुभयो । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो ।

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि  चुनावमा  गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट गर्नुभयो ।

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया