श्रावण २४, २०८३ आइतबार August 9, 2026

एसईई पास भएकालाई टेलिकमको निशूल्क सिमः ३ जीबी डेटासँगै अन्य सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारी स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एसईई पास भएका विद्यार्थीहरुलाई निशूल्क सिम उपलब्ध गराउने भएको छ । टेलिकमले विशेष सुविधा सहित निशूल्क नयाँ सिम उपलब्ध गराउने भएको हो ।

यो नयाँ सिममा ३० दिनसम्म प्रत्यके दिन सय एमबी डेटा, १० मिनेट भ्वाइस प्याक र पाँचवटा एसएमएस सुविधा प्राप्त गर्न सकिने छ ।

यससँगै ५० रुपैयाँ भन्दा माथिको प्रत्यके रिचार्जमा एकवर्षसम्म ०.५ जीबी डेटा, ५० मिनेट भ्वाइस र ५० वटा एसएमएस सुविधा पाउन सकिने छ । साथै अहिले नेपाल टेलिकमले सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले पनि प्रत्येक दिनको सुविधा ३० दिनसम्म लिन सक्ने छन् ।

नयाँ सिम लिन टेलिकमको नजिकको कार्यालय जानुपर्ने हुन्छ । साथै निशूल्क सिम प्राप्त गर्न एसईई परीक्षाको आईडी, फोटो र सम्बन्धित विद्यार्थी वा अभिभावकको आईडी हुन जरुरी छ ।

यो भन्दा अगाडी टेलिकमको सिम प्रयोग गर्नेले *१६००# डायल गरी प्रत्येक दिनको अफर सुचारू गर्न सक्ने छन् । साथै अनलाइन कक्षाको लागि ईशिक्षा प्याकेज पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । आईसीटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार