असार २३, २०८२ सोमबार July 7, 2025

१० महिनामा १३ हजार पर्यटक रारा पुगे

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु । नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ । सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए । तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताए ।

यस्तै विभिन्न शीर्षकमा रु ४४ लाख ९१ हजार राजस्व संकलन भएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शीर्षकमा सो राजस्व संकलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ । रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ ।

सडक स्तरोन्नति नहुँदा रारा आउन सास्ती

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावल बताउछन् ।

उनी भन्छन्, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।”

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार