असोज १२, २०८३ सोमबार September 28, 2026

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ, अरुलाई खोज्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मङ्गलबार दिउँसोदेखि युट्युबमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालै गलत भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरे । प्रहरीले तत्कालै सक्रियता देखायो । अपराध महाशाखा काठमाडौँको टोलीले सो गीतको छायाङ्कन गर्ने क्यामेरापर्सनलाई पक्राउ गर्यो ।

नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाडौँका एसएसपी दीपक थापाले गीतको छायाङ्कन गर्ने एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको टोली राष्ट्रिय झण्डा जलाउने व्यक्तिहरूको खोजीमा परिचालन भइसकेको थापाले बताउनुभयो । सो गीतको रेकर्डिङमा पाँच सात जनाको समूह रहेकाले प्रहरीले उनीहरूको खोजीमा सक्रिय बनेर लागेको थापाले बताउनुभयो । पक्राउ परेका व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।

प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने एसएसपी थापाले बताउनुभयो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे तीन वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मङ्गोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार