श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । अन्‍नपूर्ण ग्रुपका अध्यक्ष रामेश्वर थापा र कलाकार संघको उपस्थितिमा पूजा र प्रकाशबीच मिलापत्र भएको हो ।

पत्रकार सुवेदीले आउँदा दिनमा पुनःगल्ती नगर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलापत्र भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । “उहाँलाई घुँडा टेकाउनुपर्छ भन्‍ने हाम्रो उद्देश्य थिएन । मात्रै यस्ता खालका गल्ती पुनः नहुन् भन्‍ने चाहना थियो । प्रकाशजीले लिखित रुपमा आउँदा दिनमा गल्ती गर्दिनँ भनेपछि मिलापत्र भयो,” अध्यक्ष खड्काले भने, “उहाँले माफी मागिसकेपछि अब यो घटना यहीँ टुगिंएको छ ।”

प्रकाशले आफ्नो मानमर्दन गरेको भन्दै पूजाले कलाकार संघसँगै प्रेस काउन्सिल र महिला आयोगमा उजुरी दिएकी थिइन् ।

एपीवान टेलिभिजनको कार्यक्रम रजतपटमार्फत पत्रकार तथा प्रस्तोता प्रकाशले आफूलाई अपमानित हुने गरी कार्यक्रम तयार पारेर प्रस्तुत गरेको भन्दै नायिका पूजाले काउन्सिल र आयोगमा उजुरी दिएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार