जेठ २३, २०८३ शनिबार June 6, 2026

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । अन्‍नपूर्ण ग्रुपका अध्यक्ष रामेश्वर थापा र कलाकार संघको उपस्थितिमा पूजा र प्रकाशबीच मिलापत्र भएको हो ।

पत्रकार सुवेदीले आउँदा दिनमा पुनःगल्ती नगर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलापत्र भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । “उहाँलाई घुँडा टेकाउनुपर्छ भन्‍ने हाम्रो उद्देश्य थिएन । मात्रै यस्ता खालका गल्ती पुनः नहुन् भन्‍ने चाहना थियो । प्रकाशजीले लिखित रुपमा आउँदा दिनमा गल्ती गर्दिनँ भनेपछि मिलापत्र भयो,” अध्यक्ष खड्काले भने, “उहाँले माफी मागिसकेपछि अब यो घटना यहीँ टुगिंएको छ ।”

प्रकाशले आफ्नो मानमर्दन गरेको भन्दै पूजाले कलाकार संघसँगै प्रेस काउन्सिल र महिला आयोगमा उजुरी दिएकी थिइन् ।

एपीवान टेलिभिजनको कार्यक्रम रजतपटमार्फत पत्रकार तथा प्रस्तोता प्रकाशले आफूलाई अपमानित हुने गरी कार्यक्रम तयार पारेर प्रस्तुत गरेको भन्दै नायिका पूजाले काउन्सिल र आयोगमा उजुरी दिएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार