बैसाख २६, २०८३ शनिबार May 9, 2026

एनसेलको ‘अल्ट्रा वाइफाई सिम प्लस’ सेवा सार्वजनिक- सेवा लिने ग्राहकलाई दुई वटा सिम फ्रिमा पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ता (फोरजी)को मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ। अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जिबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड भएको कम्पनीले जनाएको छ।

वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउँछन्। जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रूपमा पाइने एनसेलले जनाएको छ। आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो।

ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मिफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन्। ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुने र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।
‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवासहित सुलभ र झन्झटरहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरैभन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं।’

यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत करबाहेक मासिक ४३० रूपैयाँ रहेको छ। ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जिबी वायरफ्री प्लस डेटा पाउँछन्। यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जिबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन्।

हप्ताको सातै दिन र २४सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ। यस्अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुने गरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो। यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउने कम्पनीले जनाएको छ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन्। ३० दिनको समयावधिभित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप नहुने पनि कम्पनीले उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार