बैसाख १७, २०८३ बिहिबार April 30, 2026

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः साहित्य सन्ध्याको ४०८औँ नियमित शृङ्खलामा आज राष्ट्रियता र समसामयिक विषयका साहित्यिक रचना प्रस्तुत गरिएका छन् ।

भर्चुअलरूपमा आयोजित गोष्ठीमा शान्ता मानवी, प्रा डा कृष्णचन्द्र शर्मा, नर्मदेश्वरी सत्याल, कात्यायन, परशुराम पराशर, नारायण परिश्रमी, रूपक अलङ्कार, डम्बर पहाडी, गोपाल मैनाली, गणेश मार्मिक, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, गोमा कटुवाल, यादव भट्टराई, गायत्रीकुमार चापागाईँको उपस्थिति रहेको थियो ।

यसैगरी भारद्वाज मित्र, रामदेव पाण्डेय, सीताराम नेपाल, प्रमोद स्नेही, सरस्वती चिमोरिया, ललिता दोषी, नन्दु उप्रेती, देबु लुइँटेल, श्याम सापकोटा, उपेन्द्र सहनी, विधान आचार्य, शान्ता दाहाल, शर्मिला बुडाथोकी, पुण्यप्रसाद खरेल, राम विनयले आ-आफ्ना समसामयिक कविता, गीत र हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि समीक्षा गर्दै प्रा डा शर्माले कोरोना कहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाढ्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई रचनाले उजागर गरेको बताउनुभयो । उहाँले वाचित कवितामा राजनीतिमा सिद्धान्त र आदर्श हराएकोप्रति चिन्ताभाव र छिमेकीको मिचाहा प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त गरिएको जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया