बैसाख २६, २०८३ शनिबार May 9, 2026

क्लासिक टेकको नयाँ अफर, ८ सय ५७ रुपैयाँमै इन्टरनेट र टिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि रिचार्ज अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले एकैपटक एक वर्षका लागि इन्टरनेटको रिचार्ज गर्दा दुई महिनाको बोनस प्राप्त गर्नेछन् । त्यस्तै ६ महिनाको रिचार्ज गर्दा एक महिना थप इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो अफरअन्तर्गत ग्राहकले एक वर्षका लागि २० एमबीपीएसको १२ हजार रूपैयाँ, २५ एमबीपीएसको १३ हजार दुई सय रूपैयाँ, ३० एमबीपीएसको १३ हजार २ सय रूपैयाँ, ३५ एमबीपीएसको १४ हजार १ सय ४८ रुपैयाँमात्रै तिर्दा हुनेछ । जसमा दुई महिना थप इन्टरनेट उपलब्ध हुनेछ । त्यस्तै एक वर्षको लागि ४० एमबीपीएसको १४ हजार ४ सय, ५० एमबीपीएसको १५ हजार र ६० एमबीपीएसको १६ हजार ८ सय ७० एमबीपीएसको १८ हजार रुपैयाँमात्रै तिर्दा हुनेछ ।

क्लासिक टेकको न्यूनतम प्याकेज २० एमबीपीएसको छ । कम्पनीले यो स्पीडको प्याकेजमा वार्षिक रिचार्ज गर्दा ग्राहकले १२ हजार रुपियाँ तिर्नुपर्ने उल्लेख गरेको छ । कम्पनीले वार्षिक रिचार्जमा थप दुई महिना बोनस दिँदा ग्राहकले प्रतिमहिना आठ सय ५७ रुपियाँमै २० एमबीपीएसको इन्टरनेट र क्लासिक प्रभु टिभी सेवा प्राप्त गर्नेछन् । तर यो शुल्क करबाहेकको हो ।

यसैअनुसार अन्य प्याकेजमा पनि ग्राहकले अफर प्राप्त गरेका छन् । कम्पनीका अनुसार यो अफर क्लासिक प्रभु टिभीमा समेत लागू हुनेछ । दुई महिनाको बोनस इन्टरनेट तथा टिभी दुवैमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले आफूलाई पायक पर्ने प्याकेज आवश्यकताअनुसार आफैँले थपघट गर्नसक्ने छन् । त्यसका लागि ग्राहकले कम्पनीको एप प्रयोग गर्न सक्नेछन् । साथै इन्टरनेटको सम्पूर्ण जानकारी, मर्मतका लागि टिकट खोल्नेदेखि लिएर रिचार्जसमेत गर्न सकिने छ । प्रयोगकर्ताले ई-सेवा, खल्ती, आईएमई पे, फोन पे, आइ पे, कनेक्ट आईपीएस, प्रभु पे, डेबिट/क्रेडिट कार्ड, डाइरेक्ट पेका साथै विभिन्न बैंकबाट सोझै रिचार्ज गर्न सक्नेछन् । टेकपाना 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार